ओखलढुंगामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर 

ओखलढुंगा - विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर बिरामी परेका छन् । मृत्यु हुनेमा जिल्लाको चिशंखुगढी गाउपालिका– ७ डाँडागाउँ बस्ने २४ वर्षीया कल्पना शर्मा रहेकी छन् । उनका २६ वर्षीय श्रीमान् पर्शुराम खतिवडा गम्भीर बिरामी परेका छन् ।