मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मंगलवार मुद्दा दायर भएको छ ।९ दिन अघि साउन ४ मा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
अहिराजले परिवर्तिन नाम २६ परिसर (३२) ०८२–०८३ लाई बलात्कार गरेको जाहेरीका आधारमा अहिराज विरुद्ध मुद्दा दायर गरेको हो । आफूलाई २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप छ । डेरा कोठामा एक्लै बसेका बेला पूर्व चिनजानका अहिराजले आएर बलात्कार गरेको पीडितको बयान छ ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय मागदाबी गरिएको छ । साथै दफा २१९ कै उपदफा (३क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबस् गरिएको छ ।