नेप्से ४४.४५ अंकले बढ्यो

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १.८० प्रतिशतले बढेको हो । यस दिन तीन अर्ब ७१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको सेयर मूल्य घटेको छ । मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्डको परिसूचक ०.६० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशतले वृद्धि भएको छ ।