साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसुचक नेप्से घटेको छ । आज नेप्से सुचक १८.०६ अंकले घटेर १ हजार ८ सय ५८ दशमलव ५३ को बिन्दुमा बजार बन्द भएको छ । नेप्सेका अनुसार आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ र ६ कम्पनीको शेयर मुल्य स्थिर छ ।
यसदिन २८९ कम्पनीको शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाको शेयर कारोबार भएको छ । जसमध्ये नेपाल इन्स्योरेन्सको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ११ करोड ६७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको हो । त्यसैगरी सोनापुर मिनरल्सको ८ करोड बढीको शेयर कारोबार भएको छ ।
त्यस्तै सबैभन्दा बढी शेयर मुल्य बढ्नेमा रुरु जलिविद्युत परियोजना रहेको छ भने तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज विजय लघुवित्त, माउन्टेन इनर्जी नेपाल र युनाइटेड आईडीआई मर्दीको शेयर मुल्य १० प्रतिशतले घटेको हो ।