काठमाण्डौको नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएको छ । प्रशासनले सूचना निकालेर आजदेखि आउँदो असार २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिएको हो ।

केशरमहल चोकबाट नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्म निषेधको आदेश गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को  दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला सुरक्षा समिति काठमाण्डौको सिफारिशका आधारमा यसअघि तोकिएका निषेधका क्षेत्रका अतिरिक्त यो आदेश जारी गरिएको सूचनामा उल्लेख छ । राजावादीहरुले प्रदर्शन गर्न थालेपछि प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।