बलात्कार मुद्दामा मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई पुर्पक्षको लागि थुनामा पठायो

बलात्कार मुद्दामा मधेसका पूर्वप्रदेश प्रमुख अहिराज भनिने राजेश झा पुर्पक्षका लागि थुनामा पठाइएका छन्। बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

अहिराजलाई डिल्लीबजार कारागारमा पठाइएको छ।  मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंले अहिराजविरूद्ध बलात्कारको कसुरमा मुद्दा दायर गरेको थियो। काठमाडौंको बानेश्वरमा रहेको एक होस्टलमा बस्दै आएकी युवतीलाई बलात्कार गरेको आरोप अहिराजमाथि छ।