अब लाईसेन्स भएर पनि यात्रा अनुमति प्राप्त नगरी हतियार बोकेर हिँड्न नमिल्ने

यात्रा अनुमति प्राप्त नगरी लाइसेन्स लिएका हतियार लिएर हिँड्न नमिल्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यात्रा अनुमति प्राप्त नगरी लाइसेन्स लिएका हतियार बोकेर हिँड्न नमिल्ने निर्णय गरेका हो । ‘प्रचलित कानुन बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहेककाले घर बाहिर लैजान नपाउने र यात्रा इजाजत प्राप्त नगरेका हातहतियार समेत तोकिएका स्थानमा नपाउने गरी निषेध गर्ने’ बैठकले निर्णय गरेको छ ।

यो निर्णयसँगै लाइसेन्स लिएर हतियार राख्नेहरूले बोकेर हिँड्नका लागि छुट्टै यात्रा अनुमति लिनुपर्ने भएको छ । हातहतियार खरखजाना ऐन २०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ ।