सुन तस्करीबारे सरकारले बनायो उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग

सरकारले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । 

आयोगको सदस्यमा किशोरङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन्। यो आयोगले सुन तस्करी रोक्ने सम्बन्धमा अध्ययन गरी व्यवस्थित प्रतिवेदन सरकारलाई बुझाउने उनले बताइन्। यो आयोगलाई तीन महिना समय दिइएको बताइएको छ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र राखेर ल्याएको सुन र ब्रेकशुमा लुकाएर ल्याएको अवस्थामा साउन २ मा बरामद सुनलगायतबारे अध्ययन र अनुसन्धान गर्न आयोग बनाउने यसअघि नै सहमति भएको थियो। असोज ५ मा आयोग बनाउने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन गएकोले आयोग गठनमा ढिलाइ भएको थियो।