उत्तरी नाका खुला भएसँगै सुन तस्करी सल्वलाउँदै, दोलखामा थप ४ किलो सुन बरामद

उत्तरी नाका खुला गरेसँगै त्यसतर्फबाट सुन तस्कर गर्ने समूह सलबलाउन थालेको छ । केहि दिनदेखि उत्तरी नाका हुँदै तस्करी भईरहेको सुन बरामद हुने क्रम जारी छ । यसैक्रममा आज आईतवार दोलखा प्रहरीले चिनीयाँ नाकाबाट तस्करी गरेर ल्याएका थप ४ किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो ४ किलो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख दिपक खड्काले बताए । सो सुन तस्करी गरी लुकाउने व्यक्ति पहिचान भएको छ ।' हाल उनी फरार रहेका प्रहरीले जनाएको छ ।

यो सहित प्रहरीले गएको ५ दिनमा ११ किलो सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्न थप २ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई लामाबगरबाट आइतबार र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

प्रहरीले हालसम्म तस्करले ल्याएको ११ किलो सुन पक्राउ गरेको छ । तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेकाहरुसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खोजी कार्य जारी राखेको हो ।