संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले गरे संघीय संसदअन्तर्गत संयुक्त सदनलाई सम्बोधन, सम्बोधनको (पूर्णपाठ)

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्व विभाजन हुँदै गइरहेको बताउनुभएको छ । मंगलबार संघीय संसदअन्तर्ग संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव गुटेरेसले यस्तो बताउनुभएको हो । उहाँले जलवायु प्रकोप घातक शक्तिका तिब्र रुपमा अघि बढीरहेको भन्दै नेपालबाट विश्वले जलवायु परिवर्तनबाट भएका असर रोक्नका लागि पाठ सिक्न सक्ने बताउनुभयो ।

महासचिव गुटेरेसले नेपाल देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायु सम्बन्धी कार्यको कट्टर समर्थक रहेको बताउनुभयो । उहाँले नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको भन्दै यस्तो प्रक्रियालाई राष्ट्रसंघले समर्थन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ टुंग्याउन लाग्दै गरेको भन्दै अन्यायमा परेका पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताउनुभयो ।

महासचिव गुटेरेसले सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँले पीडितलाई केन्द्रमा राखेर संक्रमणकलीन न्याय टुंग्याउनसके दिगो हुने बताउनुभयो ।

महासचिव गुटेरेसले विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र भएको बताउनुभयो । उहाँले हिमनदीहरू असामान्य गतिमा पग्लिरहेको भन्दै त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

यस्तो छ महासचिव गुटेरेसको सम्बोधनको पूर्णपाठ