पेयपदार्थमा अखाद्य वस्तु भेटेपछि वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना तिरायो

पेप्सीमा अखाद्य वस्तु भेटिएपछि काठमाण्डाै महानगरपालिकाले वडा ३२ पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।  कामपाले हिजाे गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको काठमाण्डाै महानगर कृषि तथा पशुपक्षी  विभागका प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।  

प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर भएकाे र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो । जरिबाना रकम आउँदाे एक हप्ताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ । तोकिएको समय सीमाभित्र जरिबाना रकम नबुझाए त्यही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले दाबी गरेकाे छ ।