काठमाडाै‌ लगायत पश्चिम नेपालमा भुकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। काठमाडौं लगायत नेपालका विभिन्न भागहरुमा भूकम्पको धक्का महसुस भएको हो। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । 

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ ।  यो परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।