वर्षा गराउने पश्चिमी वायु : सक्रिय आइतबार देशका विभिन्न भागमा वर्षा एवं हिमपात हुने सम्भावना

हिउँदे वर्षा गराउने जलवष्पपयुक्त हावा बोकेको पश्चिमी वायु पुनः सक्रिय भएको छ। मौसम पूर्वानुमान महाशाखाका  अनुमान अनुसार पश्चिमी वायुको प्रवेशसँगै  शनिबार साँझदेखि चिसो हावा चल्न थालेपछि आइतबार देशभरका विभिन्न स्थानमा वर्षा एवं हिमपातको सम्भावना रहेको छ। आइतबार देशैभर बदली भए पनि सुदूरपश्चिमी र कर्णालीका धेरै क्षेत्रमा  वर्षा हुने महाशाखाको प्रक्षेपण छ।