मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा निर्णय गर्ने

अहिले विहान ८ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठकले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत दिने विषयमा छलफल र निर्णय गर्नेछ।

शनिबार प्रधानमन्त्री प्रचण्ड आफैं जाजरकोट र रूकुम पश्चिम पुगेर भूकम्पले पुर्‍याएको क्षति निरीक्षण गरी फर्किएका थिए। प्रधानमन्त्री प्रचण्डले आजै बिहान ९ बजे बस्नेगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएको पनि प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पले दुई जिल्लाका भौतिक संरचनाहरू नष्ट पारेको छ। भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने हजारौं घरविहीन भएका छन्। भूकम्पपीडितलाई राहत र पुनस्थापनाका लागि निर्णय गर्न बैठक बस्न लागेको हो।