८५ लाख रुपैया ऋण लिएर ठगी गरेको आरोपमा एकजना पक्राउ

कीर्ते कागजात पेश गरी ८५ लाख रुपौयँ ऋण लिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–११ घर भई ललितपुर बस्दै आएका ३९ वर्षीय रबीन्द्र डाँगी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

डाँगीले ललितपुरको गोदावरी नगरपालिका–२ को सिट नम्बर ८ (ग) को कित्ता नम्बर ३४५ को १ रोपनी जग्गालाई अर्को महँगो स्थानको जग्गा भन्दै नक्कली कागजात पेश गरेर ८५लाख ऋण लिएको खुलेको छ । त्यसका लागि उनले नापी विभागदेखि वडा कार्यालयको सिफारिस समेत नक्कली बनाएर श्रीयन्त बचत तथा ऋण सहकारीमा पेश गरेर ८५ लाख रुपैयाँ ऋण लिएको खुलेको प्रहरीले जनाएको छ ।