स्रोत नखुलेको ६९ लाखसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चारजना चिनियाँ नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् । 
    
आज सूर्यविनायक नगरपालिका–१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा७०प २८७२  नम्बरको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा स्रोत नखुलेको ६९ लाख पाँच हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।