केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)द्धारा १४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ

१४ किलो चाँदीका गहनासहित तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १४.२५० किलो चाँदीका गहनासहित तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय अमन कुमार, रक्सौलका २६ वर्षीय बिकीकुमार साह र सवारी चालक पर्साका ३४ वर्षीय श्रवणप्रसाद कानु छन्।

भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गहना लिएर आउँदैछन् भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका-१ सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामको वर्कशपमा गाडी फेला पारेको थियो। 

भारतीय नम्बर प्लेटको गाडी भित्र प्रहरीले १४.२५० किलो चाँदीका गहना बरामद गरेको हो।  उनीहरूलाई पनि त्यहीबाट पक्राउ गरी राजस्व अनुसन्धान विभाग हरिहरभवनमा आइतबार बुझाएको छ।