भूकम्प पीडितलाई सरकारी विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट ३, अधिकृतस्तरबाट २ र सहायकस्तर एवम् अन्य कर्मचारीहरुबाट १ दिनको तलब दिने

जाजरकोट गएको भूकम्पबाट पीडितहरुकाे सहायताका लागि निजामती कर्मचारीहरुले सहयाेग गर्ने भएका छन् । मुख्य सचिव वैकुण्ठ अर्यालको अध्यक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन तथा सहायकस्तर एवम् अन्य सबै कर्मचारीहरुबाट १ दिन बराबरको तलब भूकम्प पीडितहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।