आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रूपैयाँ २३ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ७ पैसा बढेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ ९४ पैसा र बिक्रीमा १७० रूपैयाँ ७२ पैसा पाइन्छ। आइतबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १७० रूपैयाँ ३२ पैसा कायम गरिएको थियो। यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ६० पैसा र बिक्रीमा ८७ रूपैयाँ ९९ पैसा तोकिएको छ। 

त्यसैगरी, सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४९ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रूपैयाँ १४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १५ पैसा तोकिएको छ।