३८ लाख नगदसहित एक जना पक्राउ

३८ लाख नगदसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन्। बुधबार दिउँसो साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर २२ सुन्धाराबाट पक्राउ परेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्। अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। ५०० दरको ६ हजार थान र एक हजार दरको ८ सय थान नोट बरामद गरेको हो। उनीको एउटा स्कुटर र मोबाइल पनि प्रहरीले बरामद गरेको छ।