क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै

क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदैछ। सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो।  

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शिघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नु भनी आदेश दिएको थियो।