राष्ट्रिय भूमि आयोगद्धारा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि ३५ दिनभित्र निवेदन दिन सूचना प्रकाशित

 राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । निवेदन ३५ दिनभित्र दिनुपर्नेछ । 

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रयोजनका लागि निवेदन दिन आह्वान गरेको हो । 

आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत् पेस गर्नु पर्नेछ । 

10-1707786322.jpg