१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता, १ अर्ब ४० करोड बिगो माग दावी

१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएको छ ।

१४ किलो सुन तस्करीमा संलग्न गुरुङविरुद्ध मुद्दा दायर गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । गुरुङबारे भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वषीर्य चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।