बारामा प्राध्यापक हरिभूषण कुशवाहामाथि गोली प्रहार, उपचारका लागि लैजाँदै गर्दा मृत्यु

बारामा अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते प्राध्यापक हरिभूषण कुशवाहाको मृत्यु भएको छ ‌। आदर्शकोतवाल गाउँपालिका ३ मा कुशवाहामाथि शुक्रवार गोली प्रहार गरिएको थियो । उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

कुशवाहा मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख थिए । कलैयातर्फ जाने क्रममा शुक्रबार साँझ अज्ञात समूहले गोली हानेको थियो । हत्या कसले र किन गरेको कुरा खुल्न सकेको छैन् । घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।