आज बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको मूल्य यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।