आधा किलो बढी सुनसहित दुई जना पक्राउ

प्रहरीले बाराबाट आधा किलोभन्दा बढी सुनसहित दुई जनालाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित विकास शिल चोकबाट ६ सय ५८ ग्राम सुनसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखाको गोरखा नगरपालिका-१ बस्ने ३८ वर्षीय यदु कुमार विक रहेका छन्।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।