बस दुर्घटना : नौ जनाको मृत्यु २८ घाइते

बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ जना पुगेको छ । पूर्विरुकुमबाट काठमाडौंतर्फ सवार बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस मङ्गलबार बागलुङको निसीखोला गाउँपालिका - ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्य एकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ को बागलुङस्थित धवलागिरी अस्पतालमा ल्याइ उपचार भइरहेको छ। 

दुर्घटनामा परी दाङका लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट बिनिता केसी, मुसिकोट नगरपालिका - २ का सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका - ४ का टीका केसी, मुसिकोट नगरपालिका -  ३ का कल्पना केसी, रोल्पा जिल्ला घर भएका सवारी चालक सुवास गौतम, गोर्खा जिल्ला घर भएकी गिता थापा, ललितपुर जिल्लाका सुजन महर्जन र रुकुमपुर्व सिस्ने गाउँपालिका- का विक्रम परियारको मृत्यु भएको हो।