बाँसबारी जग्गा प्रकरणमा उद्योगपति विनोद चौधरीको वयान जारी

नेपाली कांग्रेसका सांसद विनोद चौधरी बाँसबारी जग्गा प्रकरणमा बयान दिन आज विहान ८ बजे जिल्ला सरकारी वकिल कार्यालयमा पुगेका छन् । उद्योगपति तथा सांसद विनोद चौधरीसँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडाैका कार्यालय प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा बयान सुरु भएकाे छ ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको हो । छाला जुत्ता कारखानाको कम्पाउन्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले संचारकर्मीलाई बताए ।

विनोदसँग बयान लिनुअघि सीआईबीले विनोदबारे पनि अनुसन्धान भइरहेको जानकारी सभामुखलाई गराएको थियो । सभामुख देवराज घिमिरेलाई ब्युरोले पत्र लेखेर त्यसबारे जानकारी दिएसँगै उनलाई बयानमा बोलाइएको हो।