श्री एअरलाइन्सकाे काठमाण्डाै–भरतपुर परीक्षण उडान सम्पन्न

श्री एअरलाइन्सले (बिहीवार) काठमाण्डाै–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । एअरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललगायतले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।

उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने श्री एअरलाइन्सले जनाएको छ । अहिले बुद्ध एअरले मात्र दैनिक भरतपुरबाट काठमाण्डाै र पोखरा उडान गर्दै आएको छ ।