आज अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विनिमयदर अनुसार एक डलरको खरिद मूल्य १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा पुगेको हो। अघिल्लो दिन एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा थियो। युरोपियन युरोको मूल्य भने निरन्तर बढिरहेको छ। गत शुक्रबारदेखि लगातार बढेको मूल्य मंगलबार ३३ पैसाले बढेको छ।
आज युरो एकको खरिददर १४५ रूपैयाँ ३६ पैसा र बिक्रीदर १४६ रूपैयाँ ०१ पैसा पुगेको छ। सोमबार युरो एकको खरिदमा १४५ रूपैयाँ दुई पैसा र बिक्रीमा १४५ रूपैयाँ ६८ पैसा तोकिएको थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेअनुसार क्यानेडियन डलरको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९० पैसा र बिक्रीमा ९७ रूपैयाँ ३३ पैसा तोकिएको थियो। आज डलर एकको खरिदमा ९७ रूपैयाँ र बिक्रीदर ९७ रूपैयाँ ४३ पैसा तोकिएको छ।
आज अस्ट्रेलियन डलर एकको भाउ पनि ६४ पैसाले बढेको छ। अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५६ पैसा तोकिएको छ।
आज कतारी रियाल एकको खरिदमा भने ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर मंगलबारको लागि ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा आज ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५१ पैसा र बिक्रीमा २८ रूपैयाँ ६३ पैसा पाइन्छ। आज कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ६७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६२ पैसा पाइन्छ।