आज सुनचाँदीको मूल्य घट्यो

साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलना बिहीबार सुनको मूल्य चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ लाख १८ हजार रुपैयाँ कायम  हुँदा छापावाल सुन तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने बुधबारको तुलनामा तोलामा १५ रुपैयाँ घटेको छ। बिहीबार चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।