आज सुनको भाउ स्थिर

आज मगंलबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको हो । यस दिन चाँदी १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५१० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७४.५० रुपैयाँ तोकेको छ।