मध्यरातमा मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भुइँचालो

आज मध्यरातमा मकवानपुर केन्द्रबिन्दु भएर भुइँचालो गएको छ। आज बिहान १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ।खमध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए। थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टले भौतिक क्षति भएको खबर नआएको बताए।