जुवातास खेलेको आरोपमा काठमाडौंबाट २२ जना पक्राउ

जुवातास खेलेको आरोपमा काठमाडौंबाट २२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ गंगा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । होटल सचालिका गुरुङसहित ७ जनालाई ४७ हजार ४५० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरिएको हो ।

यसैगरी गोकर्णेश्‍वर नगरपालिका–४ माकलबारी बस्ने देबराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौं कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार १ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।