निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव लीलादेवी गड्तौलालाई

मुख्यसचिव अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव लीलादेवी गडतौलाले स्वतः निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन् । सरकारले तत्काल मुख्यसचिव नियुक्ति गर्न चाहेको अवस्थामा मुख्य सचिव अर्यालको पद सारेर हाल कार्यरत वरिष्ठ सचिवमध्येबाट उपयुक्त लागेका एक सचिवलाई मुख्य सचिव नियुक्ति प्रक्रिया अघि बढाउन सक्नेछ भने केही दिन लाग्ने भएको अवस्थामा निमित्त मुख्य सचिव गडतौलालाई नै कायम राख्न सक्नेछ ।

यदि केही हप्ता वा महिना नै लाग्ने भएको अवस्थामा गडतौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारीसमेत दिन सक्ने र त्यसपछि मुख्य सचिव नियुक्ति गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।