आज सुनको मूल्य स्थिर, कतिमा भईरहेको छ कारोवार ?

साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।  बिहीबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।