आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार?

आज सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।