आज विहानैबाट लुम्बिनी, गण्डकी, बाग्मती र कर्णालीका केही ठाउँमा वर्षा

अहिले लुम्बिनी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापीय प्रणालीको असरले अहिले केही ठाउँमा बदली र वर्षा भइरहेको मौसमबिद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

आज दिउँसो लुम्बिनी र गण्डकीका धेरैजसो ठाउँका साथै देशभरको पहाडी क्षेत्रमा आँशिकदेखि सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा बाँकी भुभागको केही ठाउँमा हावाहुरी र चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।