बर्दियाकाे गुलरियामा आगलागीमा परि चार जनाकाे ज्यान गयाे

बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । आगलागीमा परि  दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाकाे ज्यान गएकाे हाे । 

घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।