आज तोलामा २१ सयले बढ्यो, सुनको मूल्य हालसम्मकै उच्च

आज नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन *२१ सय रुपैयाँले बढेको छ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । यस दिन छापावाल सुन तोलाको एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (हिजो) छापावाल सुन तोलाको एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।