आज शहीद दिवस , विभिन्न कार्यक्रमसहित देशभर मानाइँदै

काठमाडौं । देश र जनताका खातिर शहादत प्रदान गर्ने शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम गरि आज देशभर शहीद दिवस मनाइँदैछ। इतिहासका विभिन्न समयमा प्रजातन्त्र, राष्ट्र  र स्वतन्त्रताको लागि जनताको पक्षमा  भएका आन्दोलनका क्रममा मृत्युवरण गरेका वीर शहीदहरुको सम्मानमा शहीद दिवस मनाइने परम्परा छ ।