आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आज स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।  सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।