चिनमा अचानक सडक भत्किँदा २४ जनाको मृत्यु

काठमाडौं । चिनमा अचानक सडक भत्किँदा २४ जनाको मृत्यु भएको छ। बुधबार बिहान गुआङदोङ प्रान्तमा अचानक एक्सप्रेस वे  भत्किँदा २० वटा गाडी खसेका थिए । पहिरोमा परी ३० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्यले जनाएको छ । सडकको करिब १७.९ मिटर लामो भाग भत्किएको छ। उक्त प्रान्तमा आकस्मिक बाढी आएको थियो ।