चलचित्र ‘अन्तिम संस्कार’को ट्रेलर कस्तो छ ? 

 काठमाडौँ - नेपाली चलचित्र ‘अन्तिम संस्कार’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आधारित छ ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय लामाले चलचित्र सुटिङ गर्दा धेरै दुःख गरेको र ट्रेलर हेरेपछि धेरै आनन्द मिलेको बताए ।

त्यस्तै,अभिनेत्री दिया पुनले यस चलचित्रमा आफूलाई फरक भुमिका र अभिनयमा पाउने बताइन् । चलचित्रमा ‘मर्डर मिस्ट्रि ’को कथालाई समावेश गरिएको छ ।