नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइन् रञ्जिता

नागरिक उन्मुक्ति पार्टीका बहुमत सांसदले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन्। आइतबार बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएर गंगाराम चौधरी डगौरालाई नेता चुनिएको हो।

त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय सर्वसम्मतिबाट पारित गरिएको नागरिक उन्मुक्ति पार्टीको विज्ञप्तीमा उल्लेख छ। लालवीर रेशम चौधरीका बुवा हुन्। नागरिक उन्मुक्ति पार्टीका चार सांसदमध्ये तीन जनाले निर्णय गरेको निर्णयअनुसार श्रेष्ठ संसदीय दलबाट बाहिरिएकी हुन्। पार्टीबाट गङ्गाराम चौधरी, अरुण चौधरी, लालवीर चौधरी र रञ्जिता श्रेष्ठ सांसद बनेका थिए।