उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण, के-के आउँदैछन् नियमहरु ? 

 काठमाडौँ - मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ ।

यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा सुधार र कार्यप्रणालीको योजना ल्याएको हो ।

निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको उपस्थितिमा प्राधिकरणकै उड्डायन तथा हवाई सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यलगायत विभागीय प्रमुखहरुको बैठकले उडान सुरक्षासम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्ने निष्कर्ष निकालेको छ ।

नागरिक उड्डयन नियमावली २०५८ को व्यवस्था कडाइका साथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालयमार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गर्ने निर्णय गरियो गरिएको प्राधिकरणले जनाएको छ ।