अख्तियारद्वारा पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकाल र वर्तमान सदस्य सचिव थापाविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलनकुमार थापासहित तीन जनाविरुद्ध मुद्दा दायर भएको हो ।

एक करोड १७ लाख एक हजार सात सय एकासी रुपैयाँ पचासी पैसा मूल्य बराबरको सुन हिनामिना गर्ने कार्यक्रमा ढकाल र थापाको प्रत्यक्ष भूमिका देखिएको अख्तियारको ठहर छ ।

उनीहरुलाई जनही सोही रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको हो । अरुण कुमार श्रेष्ठ समेतलाई सोही बिगो बमोजिम जरिवाना माग गरिएको छ ।

हेर्नुहोस दायर गरिएको आरोप-पत्र