बाग्मती प्रदेशमा एकीकृत समाजवादीबाट रमा आले मगर मन्त्री नियुक्त

बाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का सांसद रमा आले मगर मन्त्री नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो बेलुका विना विभागीय मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

आलेले आज बिहान शपथ ग्रहण गर्नुहुने तयारी छ । सांसद रमा आले मगर एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुनुहुन्छ । उहाँ काठमाण्डौ प्रतिनिधिसभा क्षेत्र नम्बर–१० को प्रदेश ‘ख’ बाट निर्वाचित हुनुभएको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक हिजो विश्वासको मत प्राप्त गर्नुभएको हो ।