ट्वान्टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै अमेरिका

आईसीसी ट्वान्टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुने खेलमा अमेरिकाले पहिले फिल्डिङ गर्ने भएको छ । 

खेलका लागि भएको टस जितेर अमेरिकाले फिल्डिङ रोज्दै क्यानडालाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।