१ लाख घुस रकमसहित फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो. अख्तर हुसैन अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सिभिल इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । सोमबार अख्तियारले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो. अख्तर हुसैनलाई नियन्त्रणमा लिएको हो । 

हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।